द्धारिकलाल चौधरीलाई किन हुदैन कारवाही ?
इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी सार्वजनिक कार्यक्रममा आपत्तिजनक भाषण गरेपनि कारवाहीको दायरामा ल्याउने हिम्मत कसैले गरेको छैन् । उनले इटहरीमा मौलाइरहेको वेश्यावृत्तिको सन्दर्भमा बुधबार दिएको भाषणमा महिलाको अपमान हुनेगरी सार्वजनिक कार्यक्रममा अश्लिल र आपत्तिजनक शव्दको प्रयोग गरेका थिए । उनले वेश्यावृत्तीलाई संकेत गर्ने क्रममा अश्लिल शव्दको २७ पटक भन्दा बढी प्रयोग गर्दै … जिन्दावाद समेत भनेका थिए । सार्वजनिक कार्यक्रममा मेयर चौधरीले दिएको अभिव्यक्ति सभ्य र समाजले पचाउने खालको नभएको भन्दै सर्वसाधारणले असन्तुष्टि जनाएका थिए । तर, चौधरीलाई कानुनी दायरामा ल्याउने हिम्मत कसैले गरेको छैन् । स्थानीय सरकारका प्रमुख चौधरी पटक पटक बिबादमा आएपनि नेकपाले कुनै प्रतिक्रिया दिएको छ्रैन । यसअघि पनि पत्रकारको कठालो समाउने नाकको हड्डी भाच्न एक करोड छुट्याएको तथा कर्मचारी कुटेको भन्दै बिबादमा आएका थिए । उनले यी घटनामा बिज्ञप्ती निकालेर माफी मागेका थिए । तर, महिलाको बिषयमा बोलेका शब्द बारे केही प्रतिक्रिया दिएका छैनन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, विचार/लेख
ट्याग : #meyar
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्