गुठी बिद्येयक बिरुद्धको आन्दोलन, माइतीघर मण्डलामा जे देखियो
काठमाडौं ४ असार । गुठी सम्बन्धी विधेयक सरकारले फिर्ता लिए पनि आन्दोलन रोकिएको छैन । राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिको आह्वानमा काठमाडौँको माइतीघर मण्डलामा विशाल प्रदर्शन भएको छ । काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट र्यालीसहित जम्मा भएका आन्दोलनकारीले माइतीघरमा एकीकृत प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा भूमिसुधार मन्त्री पद्मा अर्यालले मंगलबार गुठी विधेयक फिर्ता लिएकी थिइन् । आन्दोलनकारीले भने विधेयक फिर्ता मात्रै नभएर खारेज नै गर्नु पर्ने माग गरेका छन् । आन्दोलनका कारण काठमाडौँको ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । गुठी विधेयक खारेजीको माग गर्दै बुधबार काठमाडौंको माइतीघरमा विशाल प्रदर्शन भएको छ । काठमाडौंको विभिन्न ठाउँबाट सुरु भएको जुलुस माइतीघर आइपुगेको थियो ।
सरकारले गुठी विधेयक फिर्ता लिएको घोषणा गरे पनि काठमाडौंबासीले त्यसमा चित्त बुझाएका छैनन् । हजारौं सर्वसाधारण नेपाली झण्डा बोकेर जुलुसमा सहभागी भएका थिए । विभिन्न नारा लेखिएको ब्यानर र झाँकीसहित काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका नेवार समुदाय माइतीघर आइपुगेका थिए । काठमाडौं उपत्यकाको बानेश्वर, बसन्तपुर, कुपण्डोल, पाटन, भक्तपुर लगायत शहरबाट निकालिएको जुलुस माइतीघरसम्म आएको थियो । सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठी विधेयकमा निजी गुठी र सार्वजनिक गुठीलाई एउटै प्राधिकरण अन्तर्गत राख्ने उल्लेख गरेपछि काठमाडौंका गुठी सञ्चालकहरु आन्दोलनमा उत्रिएका थिए । आन्दोलनका कारण माइतीघर मण्डला र बानेश्वर क्षेत्रमा यातायात ठप्प भएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #ghuthi
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्