पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु
कपिलबस्तु ३ असार । कपिलवस्तुको शिवराज नगरपालिकामा पौडी खेल्ने क्रममा तीन जनाको ज्यान गएको छ । मंगलबार दिउँसो पौडी खेल्नेक्रममा हल्लानगरस्थित सुरई नदीको रहमा डुबेर तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा बिजयनगर गाउँपालिका अन्दाजी १७ बर्षका आशिष भट्टराई, सोही ठाउँका १८ बर्षीय सुमित सुनार र सोही ठाउँकै १७ बर्षीय निरन्जन भुसाल रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । पौडी खेल्नका लागि चार जना गएपनि एक जना सकुशल रहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १मुस्ताङमा युरेनियम उत्खननका लागि वैदेशिक सम्झौता भएको चर्चा निराधारः परराष्ट्रमन्त्री
- २सबै उजुरीकर्तालाई संसदीय सुनुवाई समितिमा बोलाउन आवश्यक छैनः कविन्द्र बुर्लाकोटी
- ३संसदीय सुनुवाई प्रणालीलाई पुनरावलोकन गर्नुपर्छः वर्षमान पुन
- ४रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- ५जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र



तपाईको कमेन्ट लेख्नुहोस्