स्थानीय तहमा दरखास्त दिने म्याद थपियो
काठमाडौं ३ असार । स्थानीय तहको लागि लोक सेवा आयोगले खोलेको बिज्ञापनमा दरखास्त दिने म्याद थपिएको छ । दरखास्त दिने अन्तिम म्याद मंगलबारसम्म मात्र थियो । तर, अनलाइन सिस्टममा समस्या आएको कारण धेरैले फारम भर्न पाएका थिएनन् । आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीकाअनुसार सेवाग्राहीलाई परेको समस्यालाई मध्यनजर गरी १० गतेसम्म म्याद थपिएको छ ।
दोब्बर दस्तुर तिरेर १७ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । लोक सेवा आयोगले स्थानीय तहमा ९ हजार १६१ जनाको लागि भर्ना खोलेको छ । तर यो विज्ञापन समावेशी नभएको भन्दै बिरोध भइरहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, लाेकसेवा/जागिर, समाचार
ट्याग : #loksewa aayog
ताजा खबर
- १अप्टिकल व्यवसायका समस्या समाधानमा गर्ने कार्यवाहक मेयर डंगोलको प्रतिबद्धता
- २प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- ३इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ४मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ५खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग



तपाईको कमेन्ट लेख्नुहोस्