बझाङमा जीप दुर्घटना हुँदा नौ जनाको मृत्यु
बझाङ २ असार । बझाङमा यात्रुबाहक जिप दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बच्चा रहेका छन् । मृतकहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । सोमबार सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिकातिर जाँदै गरेको स१ज १०७२ नम्बरको जिप दुर्घटना भएको हो । मष्टा गाउँपालिका वडा नम्बर–१, डौठी भन्ने ठाउँमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी नौजनाको मृत्यु भएको र ६ जना गम्भीर घाइते रहेको घटनास्थलमा खटिएका वडा प्रहरी कार्यालय चैनपुरका सइ महानन्द जोशीले बताए । उनका अनुसार जिपमा कतिजना सवार थिए भन्ने खुलेको छैन । जिप भीरमा अड्किएको अवस्थामा छ । जिप सडकबाट अफ्ठ्यारो ठाउँमा खसेको र मान्छे समेत जान नसक्ने भएका कारण उद्धार गर्न कठिनाई भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #durghatana
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्