डडेल्धुराका ११ डाक्टर सामूहिक बिदामा, सुरक्षाको माग
डडेल्धुरा १ असार । डडेलधुरा अस्पतालका ११ जना डाक्टर सामूहिक विदामा बस्ने भन्दै पत्राचार गरेका छन् । ३१ जेठमा अमरगढी नगरपालिका बस्ने २५ वर्षीया गीता ताम्राकारको शल्यक्रियापछि निधन भएपछि मृतक परिवारका आफन्तले अस्पतालमा तोडफोड तथा प्रदर्शनसमेत गरेपछि उनीहरु बिदामा बस्ने पत्र लेखेका हुन । अस्पतालमा अराजकता निम्त्याउने समूहलाई कानुनी कार्वाही नगरेसम्म आफूहरु काममा नफर्ने भन्दै सो अस्पतालमा कार्यरत सबै चिकित्सकले सामूहिक बिदा लिएका हुन् । डा.ललित सुरी, डा. उत्तम भट्ट, डा. पदम नेपाली, डा.अमृत अधिकारी, डा.सुभास लामिछाने , डा.विकास दुवाडी, डा. बिभव बस्याल, डा. नरेश श्रेष्ठ, डा. सृजना अधिकारी, डा.सिर्जना महर्जन र डा.डबल बुडा रहेका छन् । उनीहरुले विदा पत्र मेडिकल सुपरिटेन्डेन्ट डा.जितेन्द्र कँडेललाई बुझाएको जानकारी दिएका छन् । सुत्केरी भएको १४ दिनपछि महिलाको मृत्यु भएपछि डडेल्धुरामा तनाव भएको थियो । शल्यक्रिया गरी शिशु जन्माएकी अमरगढी नगरपालिका– ६ छचोडाकी वर्ष २६ की गीता ताम्राकारको शुक्रबार दिउँसो डडेल्धुरा अस्पतालमा अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको थियो । धर्मराज ताम्राकारकी २६ वर्षीया श्रीमती गीताको मृत्यु अस्पतालको लापरवाहीले भएको भन्दै आफन्त प्रदर्शनमा उत्रेका थिए । चिकित्सकले उपचारमा लापरवाही गरेको भन्दै मृतकका परिवार र आफन्तले अस्पताल, जिल्ला प्रशासन कार्यालय र सडकमा प्रदर्शन गरेका थिए ।रक्तस्राब नरोकिएपछि गीतालाई शुक्रबार परिवारले डडेल्धुरा अस्पताल भर्ना गरेको जनाएको छ । शल्यक्रियामै लापरवाही गरेको र समस्या बल्झिँदै जाँदा पनि अन्य अस्पतलमा नपठाइ त्यही राखेको आरोप आफन्तको छ ।
क्याटेगोरी : प्रमुख समाचार, समाचार, स्वास्थ्य
ट्याग : #docter
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्