प्रचण्डले भने लोकसेवाको विज्ञापनबारे प्रधानमन्त्री फर्कीएपछि निर्णय गर्छौँ
काठमाडौं २९ जेठ । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकसेवा आयोगको विज्ञापनबारे प्रधानमन्त्री स्वदेश फर्किएपछि निर्णय लिने बताएका छन् । चितवनमा सञ्चारकर्मीहरुसँग अध्यक्ष प्रचण्डले राज्य ब्यवस्था समितिको निर्देशनलाई अध्ययन गरेर प्रधानमन्त्री ओली फर्किएपछि निष्कर्षमा पुग्ने जानकारी दिए । उनले ‘समितिले एक ढंगले निर्देशन गरेपनि सरकारले एक खालले आफ्नो भनाइ राखिरहेको जानकारी दिए । उनले सरकारले विधेयकहरु ल्याउँदा तयारी राम्रो नपुगेको स्वीकार गरेका छन् । मिडिया काउन्सिल विधेयक, गुठी विधेयक लगायतलाई आवश्यक परिमार्जन गरेर लैजाने भन्दै उनले भने, ‘जति गृहकार्य भएर आउनुपर्ने भएपनि त्यसमा केही कमी भएको बताए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #prachanda
ताजा खबर
- १ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द
- २जेन–जी आन्दालनले धनी र गरिवबीचको आम्दानीको वितरणमा ठूलो खाडल
- ३संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा
- ४काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद (सूचीसहित)
- ५गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यको रिक्त पदमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस



तपाईको कमेन्ट लेख्नुहोस्