कैलाली र कञ्चनपुरमा हावाहुरीबाट एक हजार तीन सय ७४ घरमा क्षति
कैलाली २५ जेठ । बिहीबार राति आएको हावाहुरीबाट सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा ठूलो पुर्याएको थियो । कति क्षति भएको थियो भन्ने एकीन नभएपछि शुक्रबार दिनभर दुबै जिल्लामा बिवरण संकलनमा जुटेका थिए । हावाहुरीबाट कैलालीमा दुई जनाको मृत्यु भएको र एक सय बढी घाइते भएका थिए । उनले घाइते मध्ये ६६ जना सामान्य उपचारपछि घर फर्केको र बाँकी १० जनामध्ये दुईजनाको भारतको लखनऊ, दुई जनाको कोहोलपुर मेडिकल कलेज र ६ जनाको धनगढीको सेती अस्पतालमा उपचार भइरहेको छ । कञ्चनपुरमा हावाहुरी बाट २३ जना घाइते भएका छन्। घाइतेमध्ये १५ जना सामान्य उपचारपछि घर फर्केको र बाँकी ८ जनाको धनगढीको सेती अस्पतालमा उपचार भइरहको छ। हावाहुरीले भत्काएको मुक्त कमैयाको शिविरमा रहेको घर। यहाँका अधिकांश घरको टीनको छानो हावाले उडाएको छ। कैलालीमा १ हजार १ सय ७४ घरमा क्षति पुगेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले जानकारी दिए । अझै क्षतिको बिबरण संकलन भइरहेको छ । हावाहुरीका कारण बिहीबार रातिदेखि नै धनगढीमा विद्युत आपूर्ति बन्द भएको छ। विद्युतका पोलहरुमा के कति क्षति भएको भन्ने एकिन विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी बोहोराले जानकारी दिएका छन्।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, ब्रेकिंग न्युज
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्