कैलाली र कञ्चनपुरमा हावाहुरीबाट एक हजार तीन सय ७४ घरमा क्षति
कैलाली २५ जेठ । बिहीबार राति आएको हावाहुरीबाट सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा ठूलो पुर्याएको थियो । कति क्षति भएको थियो भन्ने एकीन नभएपछि शुक्रबार दिनभर दुबै जिल्लामा बिवरण संकलनमा जुटेका थिए । हावाहुरीबाट कैलालीमा दुई जनाको मृत्यु भएको र एक सय बढी घाइते भएका थिए । उनले घाइते मध्ये ६६ जना सामान्य उपचारपछि घर फर्केको र बाँकी १० जनामध्ये दुईजनाको भारतको लखनऊ, दुई जनाको कोहोलपुर मेडिकल कलेज र ६ जनाको धनगढीको सेती अस्पतालमा उपचार भइरहेको छ । कञ्चनपुरमा हावाहुरी बाट २३ जना घाइते भएका छन्। घाइतेमध्ये १५ जना सामान्य उपचारपछि घर फर्केको र बाँकी ८ जनाको धनगढीको सेती अस्पतालमा उपचार भइरहको छ। हावाहुरीले भत्काएको मुक्त कमैयाको शिविरमा रहेको घर। यहाँका अधिकांश घरको टीनको छानो हावाले उडाएको छ। कैलालीमा १ हजार १ सय ७४ घरमा क्षति पुगेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले जानकारी दिए । अझै क्षतिको बिबरण संकलन भइरहेको छ । हावाहुरीका कारण बिहीबार रातिदेखि नै धनगढीमा विद्युत आपूर्ति बन्द भएको छ। विद्युतका पोलहरुमा के कति क्षति भएको भन्ने एकिन विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी बोहोराले जानकारी दिएका छन्।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, ब्रेकिंग न्युज
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्