सांसदको हारगुहार, ज्यान जोगाई पाउँ
सबैभन्दा सुरक्षित मध्येको एक ठाउँ हो नयाँ बानेश्वरस्थित संघीय संसद भवन । प्रधानमन्त्री, मन्त्री र सांसदको जमघट हुने संसद भवनभित्रै असुरक्षित महसुस गरिएको छ । त्यो पनि भवनभित्रै बस्नका लागि बनाइएका कुर्सीबाट । एक पटक होइन चार–चार पटक कुर्सीकै कारण असुरक्षित महसुस गरिरहेको सांसद खगराज अधिकारीले बताए । आइतबार सांसद अधिकारीले कुर्सीको सिट नै हातमा लिएर भन्दै थिए अहिलेसम्म दुर्घटना भएको छैन् भाँचिएको मात्रै हो यसको ब्यवस्थापन संसद सचिवालयले कहिले गर्छ । सांसद अधिकारीले कुर्सीबाट लडेको भन्दै ज्यान जोगाइ दिन सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गराउँदा संसदमै हाँसो मच्चियो । अधिकारीको यो भनाई हाँसोको बिषय पक्कै होइन । सांसदलाई बस्नका लागि कुर्सी मिलाउन मात्रै साढे तीन करोड खर्च भएको थियो । संसद् सचिवालयले वार्षिक ११ करोड रुपैयाँ भाडा तिरिरहेको नयाँ बानेश्वरको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा प्रतिनिधि र राष्ट्रियसभाको सामान्य पुनसंरचना र कुर्सी मर्मतका लागि मात्रै अर्थ मन्त्रालयसँग साढे तीन करोड रुपैयाँ मागिएको थियो । अझ् सबै कुर्सी फेरिएको पनि होइन कुर्सी हटाएर बाँकी मर्मत गर्ने, खोल फेर्ने, राष्ट्रिय सभाको बैठक कक्ष मात्रै मर्मत गरिएको हो । साढे तीन करोड खर्च गरी बनाइएका संरचना एक बर्ष नपुग्दै कसरी बिग्रीए अनि भाँचिए । सांसद बस्ने सामान्य कुर्सीको समेत ब्यवस्थापन गर्न संसद सचिवालय किन गम्भिर बन्न सक्दैन् । केही महिनाअघि सांसद पम्फा भुषालले पनि कुर्सी ब्यवस्थित नभएको र ताली बजाउन नपाएको गुुनासो गरेकी थिइन । आखिर संसद भवनमा सधैं कुर्सी र माइकको कुरा किन उठिरहन्छ र संसद सचिवालयले किन सम्बोधन गर्न सक्दैन ? या त सांसद नै बस्न नजानेर हो या संसद सचिवालयको हेलचेक्र्याई ?
क्याटेगोरी : प्रमुख समाचार, विचार/लेख, समाचार
ट्याग : #bichar
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्