Techie IT
  • १७ असार २०८२, मंगलबार
KhojPatrika

प्रहरी चौकी कब्जामा लिने नेकपा विप्लवको प्रयास


काठमाडौं २० जेठ । नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा प्रहरी चौकी गर्ने प्रयासमा लागेको छ । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले सोलुखुम्बुको विकट क्षेत्रमा चौकी कब्जा गर्ने गरी गतिविधि बढाएको छ । जिल्लाको महाकुलुङ गाउँपालिका–३, छेस्काममा गएराति विप्लव कार्यकर्ताले चौकी कब्जा गर्ने उद्देश्यसहित आक्रमणको प्रयास गरेको थियो । तर, त्यसबारे सुचना पाएपछि प्रहरी नै चौकी छाडेर अनेत्र गएका थिए । २०–२५ जनाको संख्यामा हतियारधारी गाउँ पसेको सूचना आएलगत्तै चौकी खाली गरेर प्रहरी अन्यत्रै सरेका थिए । ती अधिकारीले त्यो अज्ञात समूह चौकीभित्र छिरे पनि कागजपत्र वा अन्य केही सामान तोडफोड गरेको बताइएको छ । थप अनुसन्धानका लागि काठमाडौंबाट समेत सुरक्षाकर्मीको टोली पठाइएको छ । महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किरातीले पछिल्लो समय गाउँपालिकाको केही वडामा विप्लव समूहको गतिविधि बढेको बताए ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं