भारतीय वायुसेनाको विमान सम्पर्कविहिन
काठमाडौं २० जेठ । भारतीय वायु सेनाको एएन–३२ विमान सम्पर्कविहिन भएको छ। १३ जना सवार वायुसेनाको एएल ३२ विमान आसामको जोरहाटबाट अरुणाञ्चलका लागि उडेको थियो। जोरहाटबाट १२ बजेर २५ मिनेट जाँदा उडेको सो विमान दिउँसो १ बजेबाट सम्पर्क बिहिन भएको हो । विमानमा आठ चालक दलका सदस्य र ५ यात्रु रहेका थिए। भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतीय विमान वेपत्ता भएको पुष्टि गरेका छन्। यसअघि पनि भारतीय वायु सेनाको एएन ३२ कलसाइन भएको अर्को विमान सन् २०१६ मा चेन्नईबाट अन्डमान जाने क्रममा पनि बेपत्ता भएको थियो। त्यतिबेला उक्त विमानमा सेनाका १२ जवान, ६ चालक दलका सदस्य, २ अन्य सैनिकका साथ एकै परिवारका ८ जना सवार थिए। सो विमान अहिलेसम्म पनि भेटिएको छैन
क्याटेगोरी : प्रमुख समाचार, विदेश
ट्याग : #biman
ताजा खबर
- १प्रधानमन्त्री कार्की र रवि लामिछानेबिच भेटवार्ता
- २जेनजी आन्दोलनमा लुकेका मिराज ढुंगानाले गरे आन्दोलनको घोषणा
- ३३ करोड ७४ लाख धरौटी बुझाएर रिहा भएका रविलाई घण्टीघरमा बाजागाजासहित स्वागत
- ४काठमाडौं १ मा पशुपतिशमशेर राणालाई सिफारिस, रविन्द्र मिश्रले अफवाह फैलाएको आरोप
- ५शर्मिला तिमल्सिनाको रहर जिन्दगीको गजल संग्रह बजारमा



तपाईको कमेन्ट लेख्नुहोस्