पहिलो पटक त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण
काठमाडौं १८ जेठ । त्रिवि शिक्षण अस्पतालमा पहिलोपटक कलेजोको सफल प्रत्यारोपण भएको छ। अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डाक्टर रमेशसिंह भण्डारीको नेतृत्वको टोलीले शुक्रबार ५८ वर्षका बिरामीमा कलेजो प्रत्यारोपण गरिएको हो । डाक्टर भण्डारीले लिभर सिरोसिस भएर कलेजो बिग्रिका ५८ वर्षका बुवालाई ३३ वर्षकी छोरीले कलेजो दान गरेको जानकारी दिए । शल्यक्रियामा डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीसहित करिब ५० जनाको टोली सहभागी भएको थियो। सर्जरीमा डाक्टर भण्डारीको नेतृत्वमा १२ जना डाक्टर सामेल थिए। उनले प्रत्यारोपणका लागि १२ देखि १३ घण्टा लागेको समेत बताए। डाक्टर भण्डारीले अब नियमित रुपमा कलेजो प्रत्यारोपण गर्ने पनि बताए । कलेजो प्रत्यारोपण कै लागि भनेर बिरामी देश बाहिर जानु पर्ने अवस्थाको अन्त्य भएको पनि उनको भनाई थियो । त्यसैगरी, डाक्टर भण्डारीको टोलीलाई सघाउन भारतस्थित अपोलो अस्पतालबाट टोली आएको थियो। अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको हो। यसअघि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण भएतापनि केन्द्रले प्रत्यारोपणलाई निरन्तरता दिन सकेको छैन।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, स्वास्थ्य
ट्याग : #teaching hospital
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्