प्रधानमन्त्री ओली भारतीय समकक्षी मोदीलाई बधाई दिन भारत जाँदै
काठमाडौं १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो कार्यकालका लागि भारतीय प्रधाानमन्त्रीमा निर्वाचित नरेन्द्र मोदीलाई बधाई दिन भारत जाँदैछन् । भारतीय प्रधानमन्त्री मोदीको सपथ समारोहमा प्रधानमन्त्री ओली नयाँ दिल्ली जाने भएका छन्। बिमस्टेक राष्ट्रका सरकार प्रमुख तथा राष्ट्रप्रमुखहरुलाई निम्ता गर्ने क्रममा प्रधानमन्त्री ओलीलाई सपथग्रहण समारोहमा सहभागी हुन निम्तो आएको थियो । प्रधानमन्त्री ओलीले शुक्रबार भारतीय राष्ट्रपति रामनाथ कोविंन्दसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । भारतीय लोकसभा निर्वाचनमा भाजपा एक्लैले ३०३ सिट र भाजपा गठबन्धनले ३ सय ५३ सिट प्राप्त गरेपछि नरेन्द्र मोदीले भारतीय प्रधानमन्त्रीका रुपमा दोस्रो पटक सपथ लिन लागेका हुन्।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #india
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्