युरोपा लिगको उपाधि चेल्सीले जित्यो
काठमाडौं १६ जेठ । युरोपा लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । बुधबार राति भएको फाइनल खेलमा अर्को लण्डन क्लब आर्सनललाई ४–१ ले हराउँदै चेल्सीले उपाधि जितेको हो । अजरबैजानको बाकुमा भएको लण्डन डर्बीमा चेल्सीको जितमा इडन हजार्डले दुई गोल गरेका थिए । यस्तै, ओलिभर जिरउड र पेड्रोले एक एक गोल गरे । आर्सनलका लागि एलेक्स इवोबीले एक गोल फर्काएका थिए । पहिलो हाफमा गोल रहित रहेको खेलमा सबै गोल दोस्रो हाफमा भएको हो । ४९ औँ मिनेटमा जिरउडको गोलबाट चेल्सीले अग्रता लियो । ६० औँ मिनेटमा पेड्रोले अग्रता दोब्बर पारे । ६५ औँ मिनेटमा पाएको पेनाल्टीमा हजार्डले गोल गरेपछि चेल्सीको अग्रता ३–० मा पुगेको थियो । ६९ औँ मिनेटमा इवोबीले आर्सनलका लागि एक गोल फर्काए । ७२ औँ मिनेटमा हजार्डले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको ४–१ को जित निश्चित गरेका हुन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #khel
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्