प्रधानमन्त्री ओली भारतीय समकक्षी मोदीलाई बधाई दिन बिहिबार भारत जाने
काठमाडौं १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो कार्यकालका लागि भारतीय प्रधाानमन्त्रीमा निर्वाचित नरेन्द्र मोदीको आगामी बिहीबार हुने शपथका लागि नयाँ दिल्ली जाने भएका छन्। बिमस्टेक राष्ट्रका सरकार प्रमुख तथा राष्ट्रप्रमुखहरुलाई निम्ता गर्ने क्रममा प्रधानमन्त्री ओलीलाई शपथग्रहण समारोहमा सहभागी हुन निम्ता आएकोले प्रधानमन्त्री ओली भारत जान लागेका हुन् । प्रधानमन्त्री ओली मे ३० का दिन बिहीबार काठमाडौँबाट नयाँ दिल्ली प्रस्थान गर्ने, बेलुका शपथमा सहभागी हुने र भोलिपल्ट राष्ट्रपति रामनाथ कोविंन्दलाई भेटेर नेपाल फर्कने प्रधानमन्त्री निकट नेताले जानकारी दिएका छन् । भारतीय लोकसभा निर्वाचनको बिहीबार प्राप्त नतिजाअनुसार भाजपा एक्लैले ३०३ सिट र भाजपा गठबन्धनले ३५३ सिट प्राप्त गरेपछि नरेन्द्र मोदीले भारतीय प्रधानमन्त्रीका रुपमा दोस्रो पटक शपथ लिन लागेका हुन्।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #kp oli
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्