च्याम्पियन्स लिग फुटबलमा फाइनलमा स्तब्ध क्याटलान जाइन्ट, मेस्सी तथा बार्सिलोनाको सपना चकनाचुर
काठमाडौं १२ जेठ । च्याम्पियन्स लिग फुटबलमा सेमिफाइनलको पहिलो लेगमा ३–० को अग्रता लिएर पनि लिरभपुलसँग पराजित भएको बार्सिलोनाको त्यो पीडामा केही भए पनि राहत मिल्ने आश समाप्त भएको छ । मेस्सी तथा बार्सिलोनाले च्याम्पियन्स लिगबाट बाहिरिँदाको पीडामा घरेलु उपाधि थप गरेर मल्हम लगाउने सोचेका थिए । तर, त्यो पूरा हुन पाएन । लियोनल मेस्सी कप्तानीको बार्सिलोनाको कोपा डेल रे फुटबलको उपाधि जित्ने सपना भ्यालेन्सियाले चकनाचुर पारेको हो । ला लिगाको उपाधि जितेको बार्सिलोनाले शनिबार राति कोपा डेल रे फुटबलको फाइनलमा लेन्सियाको सामना गरेको थियो । जसमा मेस्सी कप्तानीको बार्सिलोना पछि पर्यो । रियल बेटिसको मैदानमा भएको खेलमा बार्सिलोना लेन्सियासँग २–१ ले हारेको हो । भ्यालेन्सियाले पहलिो हाफमा नै दुई गोल गरेर अग्रता लिएको हो । उसका लागि २१ औँ मिनेटमा केविन गामेइरो र ३३ औँ मिनेटमा रोड्रिगोले गोल गरेका हुन् । पहिलो हाफमा २–० ले पछि परेको बार्सिलोनाका लागि ७३ औँ मिनेटमा कप्तान मेस्सीले एक गोल फर्काए, तर त्यो गोल हार टार्न पर्याप्त हुन सकेन ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #khel
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्