भारतमा लोकसभाको अन्तिम चुनाव
काठमाडौं ५ जेठ । भारतमा लोकसभाको सातौं तथा अन्तिम चरणको मतदान चलिरहेको छ । भारतमा ११ अप्रिलबाट लोकसभा चुनाव सुरु भएको थियो । आज अन्तिम चरणको चुनाव सकिएपछि २३ मेबाट मतगणना सुरु गर्ने जनाइएको छ । साँझ ६ बजेसम्म मतदान हुने र त्यसपछि मत सर्वेक्षणका नतिजाहरु सार्वजनिक गरिनेछन् । आइतबार ८ राज्यमा ५९ सिटका लागि मतदान भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ५९ सिटका लागि ९१८ उम्मेदवार चुनावी मैदानमा छन् । मतदाताको संख्या भने १०.१७ करोड छ । आइतबार पन्जाबका १३, पश्चिम बंगालका ९, बिहार र मध्यप्रदेशका ८–८ तथा हिमाचल प्रदेश र झारखण्डका ४–४ सिटमा मतदान भइरहेको छ । यसैगरी चण्डीगढमा एक सिटका लागि मतदान भइरहेको छ । सत्तारुढ भाजपाले सन् २०१४ मा भएको चुनावमा यी ५९ सिटमध्ये ३० मा जित हासिल गरेको थियो । वाराणसीमा पनि आज मतदान भइरहेको छ । जहाँबाट नरेन्द्र मोदी उम्मेदवार बनेका छन् । यसैगरी बिहारको पटना साहिब लोकसभामा भाजपाका बागी उम्मेदवार शत्रुघ्न सिन्हा कांग्रेसको समर्थनबाट चुनाव लडेका छन् । उनको प्रतिस्पर्धी भाजपा उम्मेदवार एवम् केन्द्रीय मन्त्री रविशंकर प्रसाद छन् । त्यसैले यी क्षेत्रमा मतदाताको मुख्य चासो छ । बिहारका मुख्यमन्त्री नितिश कुमार र उपमुख्यमन्त्री सुशील मोदीले पटनाबाट मतदान गरेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश
ट्याग : #india
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्