किन पुगे अकस्मात अमेरिकी विदेश मन्त्री इराक
काठमाडौं २५ बैशाख । अमेरिकी बिदेशमन्त्री अकस्मात इराक पुगेका छन् । इरानसँग तनाव बढिरहेका बेला अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओले इराकको अकस्मात भ्रमण गरेका छन् । मन्त्री पोम्पेओले बर्लिनको यात्रा रोकेर इराक यात्रा गरेका हुन । उनले बग्दादमा चार घण्टा बिताएर नेताहरुसँग भेटघाट पनि गरे । अमेरिकाले इराकमा लडाकु विमान तैनाथ गरेको केही दिनपछि नै विदेश मन्त्री पोम्पेओको भ्रमण भएको हो । अमेरिकाले इराकमा बी–५२ बम आक्रामक जहाज तैनाथ गरेको मंगलबार थाहा भएको थियो । अमेरिकी सेनालाई चेतावनी आएको भन्दै लडाकु विमान पठाइएको हो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश
ट्याग : #bidesha
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्