भिडियो खिच्दा नै नेइमारको झगडा, प्रशिक्षकले गरे कडा आलोचना
काठमाडौं १७ बैशाख । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन पिएसजीका प्रशिक्षक थोमस टुसिलले क्लबका स्टार खेलाडी नेइमारको कडा आलोचना गरेका छन् । दर्शकहरुसँग गरेको बादबिवादका लागि प्रशिक्षक टुसिलले नेइमारको कडा आलोचना गरेका हुन् । फ्रेन्च कप फुटबलको फाइनलमा पिएसजी रेनसँग पराजित भएको थियो । शनिबार राति भएको फाइनलमा पिएसजीले २–० को अग्रता लिएको थियो, तर निर्धारित र अतिरिक्त समयको खेल २–२ को बराबरीमा पुग्यो । त्यसपछि टाइब्रेकरमा पिएसजी ६–५ ले पराजित भयो । खेल सकिएपछि मैदानबाट बाहिरिने क्रममा नेइमारले दर्शकसँग विवाद गरेका थिए । पिएसजीका खेलाडी मैदानबाट बाहिरिँदै गरेको एक दर्शकले आफ्नो मोबााइल मार्फत भिडियो खिचिरहेका थिए । त्यो देखेका नेइमार विवाद गर्न पुगेका हुन् । प्रशिक्षक टुसिलले भनेका छन्, ‘दर्शकसँग झगडा गर्न मिल्दैन । कुनै पनि हालतमा हुँदैन ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #khel
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्