खुल्ला मञ्चका ५२ सटर महानगरले भत्कायो

काठमाडौं १४ बैशाख । चौतर्फी बिरोध भएपछि काठमाडौंको खुल्ला मञ्चमा बनाइएका ५२ सटर काठमाडौ महानगरपालिकाले डोजर लगाएर भत्काएको छ । सार्वजनिक जग्गा हडपी रहेका तथ्यहरु बाहिर आएपछि खुल्ला मञ्च समेतमा सटर बनाउन लागेको कुरा बाहिरिएको थियो । महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्काबीच आरोप प्रत्यारोप चलेको थियो । डोजर लगाएर भत्काउने खुल्ला मञ्चमा उपप्रमुख खड्का पनि उपस्थित थिइन । तर, सटरवालाले बिरोध जनाउन थालेपछि उनी बाहिरिएकी थिइन । महानगरपालिकाले शनिवार दिउसोदेखि खुलामञ्चमा डोजर लगाएर अवैध रुपमा बनाएइका सटर भत्काइदिएको हो ।
डोजर चलाइएपछि त्यहाँ स्थित पसलेहरुको भागाभाग र रुवावासी समेत मच्चिएको थियो । महानगर प्रहरीका प्रमुख धनपति सापकोटाले महानगरपालिकाको निर्देशन लगत्तै डोजर लिएर आफूहरु खुलामञ्चका सटर भत्काउन गएको जानकारी दिए । महानगरपालिका र ठेकेदार मनोजकुमार भेटवालको स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको खुलासा भएपछि यसको चौतर्फी विरोध भएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्