तपाईको थाप्लोमा ३१ हजार ऋण, थपिदै तपाई हामीलाई दैनिक भार
काठमाडौं ३० चैत । फेरि तपाई हाम्रो थाप्लोमा ऋण थपिएको छ । अव तपाईको यो बर्षमा ३१ हजार सात सय ५० रुपैयाँ ऋण भागमा परेको छ । महालेखा प्रतिवेदनले नेपालीहरुको ऋणको भार बढेको देखाएको हो । यो गतबर्षभन्दा सात हजारले बढी हो । महालेखाले शुक्रबार २०७५ र ७६को आर्थिक प्रतिवेदन सार्वजनिक गरेको थियो । महालेखाले यो बर्ष ६ हजार ६ सय ४४ निकायको रु ५१ खर्ब ६० अर्ब, ९२ करोडको लेखा परीक्षण गरेको छ । जसमा संघीय सरकारी कार्यालय अन्तर्गत ५.२९ प्रतिशत वेरुजु देखिएको छ भने प्रदेश सरकारी कार्यालय ७.२५ प्रतिशत वेरुजु देखिएको छ । त्यस्तै स्थानीय तहतर्फ ४.२२ र समिति तथा अन्य संस्था ४.०९ प्रतिशत बेरुजु देखिएको महालेखापरीक्षकको ५६ औं बार्षिक प्रतिवेदनमा उल्लेख छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १रुकुम–क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह
- २सबै जिल्लामा पुग्यो मतदाता शिक्षाका लागि नमुना मतपत्र
- ३क्यूआर कोडमार्फत सुझाव संकलन गर्दै रुकुम पश्चिम कांग्रेस उम्मेदवार
- ४जेनजी आन्दोलनबारे ओलीको स्टाटसः १९ जनालाई श्रद्धाञ्जलि दिँदै भने, मैले गोली चलाउने आदेश दिएको छैन
- ५यातायातका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा



तपाईको कमेन्ट लेख्नुहोस्