संघीय संसद सचिवालयले बाड्यो कर्मचारीलाई साढे ३ करोडभन्दा बढी भत्ता
काठमाडौं २९ चैत । संघीय संसद सचिवालयले कर्मचारीलाई नियम बिपरित साढे तीन करोडभन्दा बढी भत्ता बाँडेको छ । अर्थमन्त्रालयको सहमतिबिना ३ करोड ६९ लाख १७ हजार रुपैयाँ भत्ता सचिवालयले बाँडेको सार्वजनिक भएको हो । सचिवालयलाई अर्थमन्त्रालयले २०७४ माघ ७ गतेसम्मको प्रोत्साहन भत्ता बाँड्न भनेपनि अर्थमन्त्रालयको निर्देशनभन्दा बाहिर गएर २०७५ असार मसान्तसम्मको प्रोत्साहन भत्ता बाँडेको महालेखा परीक्षकको प्रतिवेदनले सार्वजनिक गरेको छ । महालेखाले कानुन बिपरित बाडिएको भत्ता असुल उपर गर्न पनि सुझाव दिएको छ । यस्तै निजामती कर्मचारी अस्पताल विकास समितिले पनि विशेषज्ञ चिकित्सक र कर्मचारीलाई दोहोरो भत्ता दिएको पनि पाइएको छ । विभिन्न दरले प्रोत्साहन वापत यो बर्ष १४ करोड ६८ लाख ५८ हजार भुक्तानी गरेको छ । यो रकम भुक्तानी गर्दा औषधी खरिदतर्फको कर्मचारीलाई ८ करोड ५१ लख ४९ हजार आम्दानीमा दोहोरो लेखांकन गरेर १० प्रतिशत बढी भत्ता गणना गरेर १ करोड ४६ लाख ८६ हजार बढी प्रोत्साहन भत्ता भुक्तानी गरेको महालेखा परीक्षकको कार्यालयले बताएका छन् । महालेखापरीक्षकले यस्तो रकम भुक्तानी गर्न पनि सुझाव दिएको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #samsad
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्