पूर्वराजा शाह पूर्बी भ्रमणमा चढेको गाडीले ठक्कर दिदा एक जनाको ज्यान गयो
काठमाडौं २८ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्याएर फर्किएको गाडीको ठक्करबाट मोरङमा १ जनाको ज्यान गएको छ । अर्का १ जना घाइते छन् । गएराति ज्ञानेन्द्रलाई मोरङ विमानस्थल छाडेर फर्किएको बा ३ च ७९६२ नम्बरको को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोरङको सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार घटनामा मोटरसाइकल पछाडि सवार २२ वर्षीय प्रकाश चौधरी घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने गाडी सशस्त्र प्रहरी बलका जवान दीपेन्द्रप्रसाद लम्सालले चलाएका थिए । गाडी पूर्वराजा ज्ञानेन्द्रले पूर्वमा बस्दा प्रयोग गर्ने गरेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्