उच्च अदालतका १७ न्यायाधीशले शपथ लिए
काठमाडौं २७ चैत । न्यायपरिषदले उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका १८ मध्ये १७ जना न्यायाधीशले सपथ लिएका छन् । बुधबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको उपस्थितीमा पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले शपथ खुवाएका हुन् । उनीहरुलाई एक साताअघि न्यायपरिषदले नियुक्तिको सिफारिस गरेको थियो । सर्वोच्चको पाँच र उच्च अदालतको १८ न्यायाधीश नियुक्तिको सिफारिस प्रति चौतर्फी विरोध भएको थियो । न्यायलयका न्यायाधीशदेखि कर्मचारी, कानुन व्यवसायी लागयतले विरोध जनाइरहेको छ । तरपनि उनीहरुलाई आज सपथ ग्रहण गराइएको हो । तत्कालिन प्रधानन्यायाधीश शुशिला कार्कीको पालामा उच्च अदालतका लागि नियुक्ति भएका ८० जना न्यायाधीशविरुद्ध पनि यसै गरी विरोध भएको थियो । सो नियुक्तिप्रति अहिले पनि सर्वोच्चमा परेको मुद्दा विचाराधिन छ । सर्वोच्च र उच्च अदालतका न्यायाधीश नियुक्तिको सिफारिसमा नेता तथा न्यायालयका उच्चपदस्थका छोरी, भान्जी, ज्वाइँ र भतिज समेटिएको भन्दै कानुन व्यवसायीले सार्वजनिक रूपमै आलोचना गरेका थिए । उच्चमा सपथ ग्रहण गर्ने १७ जनामा किरण शर्मा, महेन्द्रनाथ उपाध्याय, रमेश ढकाल, नीलम पौडेल, राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुलप्रसाद शर्मा, महम्मदजुनेद आजाद, बालमुकुन्द दवाडी, नागेन्द्रलाल कर्ण, जगतबहादुर थापा, सरलाकुमारी पाण्डे, विमल सुवेदी, रेणुका शाह, डालकुमार खड्का, उज्ज्वल शुक्ल र नवराज थपलिया छन् । अञ्जु उप्रेती ढकाललाई भने आगामी बैशाख ४ गते नियुक्ति पाएपछि मात्र सपथ ग्रहण गराइने बताइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्