प्रधानमन्त्री ओलीको चतरा भ्रमण स्थगित

काठमाडौँ २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको सुनसरीको चतराधाम जाने कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली बराह क्षेत्रमा रहेको चतराधाममा शनिबारदेखि हुने अर्धकुम्भ मेलाको उद्घाटनका लागि जाने कार्यक्रम तय भएको थियो । तर, मौसममा आएको खराबीका कारण प्रधानमन्त्रीको चतरा भ्रमण स्थगित भएको उनको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीसहित उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल पनि चतरा जाने कार्यक्रम थियो । चतराधाममा शनिबारदेखि दोस्रो अर्धकुम्भ मेला सुरु हुँदैछ । प्रधानमन्त्री ओलीले आफू जान नपाएपछि लिखित सन्देश पठाएका छन ् । नेपालका प्रथम जगद्गुरु अनन्त श्री विभुषित बालसन्त मोहनशरण देवाचार्यले संकल्प गरि महास्नानको सुरुवात गर्ने कार्यक्रमको तयारी छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति
ट्याग : #pm news
ताजा खबर
- १संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
- २माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- ३नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ४स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ५कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
तपाईको कमेन्ट लेख्नुहोस्