राष्ट्रपति बिद्यादेवी भण्डारीको असन्तुष्टि
काठमाडौं २० चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका विभिन्न अंगलाई विवादमा ल्याउने प्रयास भइरहेको बताएकी छन् । बुधबार न्यायाधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलनमा राष्ट्रपति भण्डारीले बिना कारण राज्यका निकायप्रति जनतामा भ्रम फैलाउने प्रयास भइरहेको भन्दै असन्तुष्टि जनाएकी हुन् । राष्ट्रपतिले हेलिकप्टर किन्न लागेको तथा आवात जावतमा पनि अनावश्यक बाटो जाम गरेको भन्दै चर्को आलोचना भइरहेको बेला उनले यस्तो असन्तुष्टि जनाएकी हुन् । उनले कुनै व्यक्तिको आचरण र व्यवहारलाई जोडेर समग्र संस्थाको विश्वसनियता र मानमर्यादामा ह्रास आउने गरी विवादित बनाउने प्रयासलाई समयमै पहिचान गरी तत्काल निरुत्साहित गरी कारवाही गर्न आग्रह गरिन । बुधबारदेखि राजधानीमा सुरु भएको तेस्रो राष्ट्रिय सम्मेलन शुक्रबारसम्म चल्नेछ ।
क्याटेगोरी : देश/दुनियाँ, राजनीति, समाचार
ट्याग : #hot
ताजा खबर
- १देउवा पक्षले बोलायो केन्द्रीय समितिको बैठक
- २अन्ततः सरकार र दुर्गा प्रसाईंबीच सहमति
- ३एकताबद्ध हुन आह्वान गर्दै गगन थापाले भने–गठबन्धन अन्त्य हुनेछ, गुट र भागबन्डा हुँदैन
- ४सरकारका प्रवक्ता भन्छन्– चुनाव फागुन २१ भन्दा यताउता हुँदैन
- ५विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व नै आधिकारिक कांग्रेसः निर्वाचन आयोग



तपाईको कमेन्ट लेख्नुहोस्