बारमा कसले मार्ला बाजी
काठमाडौं १६ चैत । कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको सम्पन्न चुनावको मतगणना देशभरीका मतपेटिका संकलनको काम सकिएको छ । उपत्यका बाहिरका बुथबाट मत पेटिका संकलन भएपछि मात्र मतगणना सुरु हुने प्रमुख निर्बाचन अधिकृत दामोदर खड्काले जानकारी दिए। काठमाडौं उपत्यकामा ६० प्रतिशत र उपत्यका बाहिर ८० प्रतिशत बढि मत खसेको छ। २५ सदस्यीय बारको कार्यसमितिका लागि ६३ जनाको उम्मेदवारी परेको छ। तीन वर्षका लागि हुने कार्यसमितिमा अध्यक्ष, महासचिव, कोषाध्यक्ष, महिला उपाध्यक्ष र सातै प्रदेशबाट एकएक गरी आठ उपाध्यक्ष निर्वा्चित हुनेछन्। अध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको छ। लोकतान्त्रिक समूहबाट उम्मेदवार बनेका सुनिल कुमार पोखरेल र प्रगतिशील समूहबाट अध्यक्षका प्रत्यासी चण्डेश्वर श्रेष्ठको समूहबीच मुख्य प्रतिस्पर्धा छ। देशभर मतदाताको संख्या १० हजार ३ सय १३ रहेको थियो।मत गणना शनिबार रातिबाटै नै सुरु हुने बताइएको छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार
ट्याग : #hot
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्