नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयन आज
काठमाडौं १६ चैत । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयन आज हुदैछ । लोकतान्त्रिक र प्रगतिशील समूहका कानुन व्यवसायीहरु प्यानलसहित निर्वाचनको मैदानमा छन् । लोकतान्त्रिक समूहको नेतृत्व सुनिल कुमार पोखरेल र प्रगतिशील समूहको नेतृत्व चण्डेश्वर श्रेष्ठले नेतृत्व गरेका छन् । प्रगतिशील प्यानलमा जनजाती तथा मधेसी फोरम निकट समूहले साथ दिएका छन् । निर्वाचन समितिका संयोजक दामोदर खड्काका अनुसार २५ सदस्यीय कार्यसमितिको लागि ६३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । तीन वर्षे कार्यकालका लागि अध्यक्षमा आठ जना, महिला उपाध्यक्ष, प्रदेश ३ को उपाध्यक्ष एवम् महासचिव पदमा तीन तीन जना उम्मेदवार छन् । बाँकी छ प्रदेशको उपाध्यक्ष पदमा १४ जना र सदस्यमा ३२ जना उम्मेदवार रहेको निर्वाचन समितिले जनाएको छ ।
बार एसोसिएसनका कुल मतदाता देशभर १० हजार ३ सय १३ छन् । काठमाडौं उपत्यकामा मात्रै ५ हजार ५ सय र मतदाता छन् । काठमाडौं उपत्यकाभित्र सर्वोच्च अदालत, नेपाल बार एसोसिएसन, उच्च अदालत पाटन र काठमाडौं जिल्ला अदालतमा मतदान केन्द्र तोकिएको छ । त्यस्तै, काठमाडौं उपत्यका बाहिर ३४ मतदान केन्द्र निर्धारण गरिएको छ । वि.सं २०१३ सालमा स्थापित नेपाल बार एसोसिएसनले तीन वर्षे कार्यकालका लागि २५ औं नेतृत्व चयन गर्दैछ । देवनाथ बर्माको संयोजकत्वमा २०१३ साल पुस २८ गते नौ सदस्यीय समितिबाट बार एसोसिएसनको गठन भएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्