देशभरको मौसम बदली, पानी पर्ने सम्भावना
काठमाडौँ १६ चैत । देशका अधिकांश क्षेत्रको मौसम शनिबार बदली भएको छ । पूर्व र मध्य क्षेत्रमा सामान्य बदली हुने र पश्चिमका क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व र मध्यका केही क्षेत्रमा मेघ गर्जनसहित क्षणिक वर्षा हुने सम्भावना छ । यस्तै पश्चिमका थोरै ठाउँमा केहीबेर पानी पर्ने देखिएको मौसमविदले बताएका छन् । उच्च पहाडी क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना पनि छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि बादल लागेको छ । उपत्यकामा पनि पानी पर्ने देखिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार
ट्याग : #hot
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्