शिक्षामन्त्रीको राजीनामा मागे मुख्यमन्त्री राउतले, मुख्यमन्त्री कार्यालय घेराउ

काठमाडौं १५ चैत । बिहिबार र शुक्रबार लगातार दुई दिनको एसईईको परीक्षा रद्द भएपछि प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारका शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयका मन्त्री गिरिराजमणी पोखरेलको राजीनामा मागेका छन् । प्रहरी प्रशासनभित्रै रहेको प्रश्नपत्र बाहिरिनु भनेको गम्भिर कुरा भएको भन्दै नैतिकताका आधारमा मन्त्री पोखरेलले राजीनामा दिनुपर्ने बताएका हुन् । सोही बिषयलाई लिएर प्रदेश दुईमा बिद्यार्थी र अभिभावकले संघीय र प्रदेश सरकार विरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । बिहिबार विज्ञान र शुक्रवार सामाजिक शिक्षा विषयको प्रश्नपत्र परीक्षा पूर्व नै बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा रद्द गर्ने निर्णय गरेको थियो ।
बिद्यार्थीहरुले आफूहरु परिक्षाको हलमा प्रवेश गरिसकेको र कापी दिने समयमा परीक्षा रद्द गरिएको सूचना पाएपछि नाराबाजी गरेको बताएका छन् । परीक्षार्थीहरुले प्रदेश दुईको मुख्यमंत्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि धर्नामा बसेका छन् । कसरी प्रश्नपत्र बाहिरियो भन्ने बिषय अहिलेसम्म खुल्न सकेको छैन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्