अमेरिकाबाट फर्किए प्रचण्ड, नेपालीको देश र नेताप्रति नकारात्मक सोच रहेछ
काठमाडौं १४ चैत । सत्तारुढ दल नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकाबाट फर्किएका छन् । पत्नी सीताको उपचारका लागि अमेरिका गएका प्रचण्ड स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तराष्टिय बिमानस्थलमा अध्यक्ष प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दे अमेरिकामा रहेका केही नेपालीले देशलाई नकारात्मक भावले हेरेको बताए । उनले नेपालका प्रधानमन्त्री, राष्ट्रपतिलगायतका उच्च नेतृत्वप्रति नकारात्मक भावले हेर्ने केही नेपाली रहेको टिप्पणी गरे ।
अध्यक्ष प्रचण्डले आफूमाथि मेरिल्याण्ड अदालतमा उजुरी परे पनि कुनै अप्रिय नभएको र नेपाली दुतावासले केही हुन नदिने व्यवस्था गरेको बताए । उनले पत्नीको अमेरिकास्थित तीन वटा अस्पतालमा उपचार गराएको र चिकित्सकले दिएको औषधिले सकारात्मक प्रभाव पारेको जानकारी दिए । उनले त्यसका अतिरिक्त अमेरिकास्थित नेता, कार्यकर्ता र नेपाली बुद्धिजीविसँग छलफल गरेको बताए । यस अवसरमा उनले वासिंगटन र मेरिल्याण्ड राज्यका सांसद र जनप्रतिनिधिसँग भेट गरेका थिए । अध्यक्ष दाहाल गत चैत्र ३ गते आइतबार पत्नीको स्वास्थ्य उपचारका लागि अमेरिका गएका थिए । दाहाल पत्नी सिता पार्किन्सन्स जस्तो एक प्रकारको जटिल रोगले पीडित छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #hot
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्