नेपाल कतारसँग पराजितपछि समूहचरणबाटै बाहिरियो
काठमाडौं ११ चैत । एएफसी यू २३ च्याम्पियनसिपको छनोटमा नेपाल समूहचरणबाटै बाहिरिएको छ। कतारमा जारी प्रतियोगितामा नेपाल समूह ए अन्तर्गतको दोस्रो खेलमा घरेलु टोली कतारसँग पाँच शुन्यको फराकिलो हार ब्योहोर्दै प्रतियोगिताबाट बाहिरियो। जित्नै पर्ने या बराबरीको नतिजाले मात्र नेपालको अघिल्लो चरण आश कायम रहन्थ्यो । तर हारसँगै नेपालको अन्तिम चरणमा छनोट संभावना सकिएको छ। खेलको २४ औं मिनेटमा कतारले पेनल्टीमार्फत खेलमा अग्रता लिएको थियो। हसन पलाङलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। अब्दुल्ला अलहरकले पेनाल्टीमा गोल गर्दै कतारलाई अग्रता दिलाए। पहिलो हाफमा कतारले एक शुन्य को अग्रता बनाएपनि दोस्रो हाफमा लगालग गोल गर्न सफल भयो। दोस्रो हाफको ५३ औं मिनेटमा कप्तान अल रावीले गोल गर्दै कतारको अग्रता दोब्बर पारे। ६० औं मिनेटमा कतारी खेलाडीको प्रहार रोक्ने क्रममा दिनेश राजवंशीलाई डिफ्लेक्ट हुँदै गोल हुँदा कतार तीन शुन्यले अगाडी बढेको थियो। कप्तान रावीले ७९ औं मिनेटमा फ्रिकिकमा सिधै गोल गर्दा कतार रवाफिलो बनेको थियो। कतारले पाँचौ गोल इनजुरी समयको दोस्रो मिनेटमा संभव बनायो। अब्दुल्ला अलहरकले मैदानको मध्यभागबाट गरेको प्रहार गोलरक्षक अर्पण कार्कीले फुस्काएपछि कतारले पाँच शुन्य को जित पक्का गरेको थियो। यस जितसँगै कतारको दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ। प्रतियोगितामा नेपालले अब मंगलबार अन्तिम खेलमा अफगानिस्तानको सामना गर्नेछ। जितपछि कतारका प्रशिक्षक अल्वर्टो फर्नान्डेजले दोस्रो हाफमा नेपालले गरेको गल्तीलाई सदुपयोग गरेको बताए। उनले भने ‘पहिलो हाफमा बल पोजिसन लिएर पनि हामीले गोल गर्न सकिरहेका थिएनौं, दोस्रो हाफमा रणनीति परिवर्तन गरी अझै आक्रामक खेल्यौं र आशा गरेजस्तै प्रदर्शन भएको थियो ।

क्याटेगोरी : प्रमुख समाचार, समाचार
ट्याग : #hot
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी

तपाईको कमेन्ट लेख्नुहोस्