माला लगाएका मन्त्री लालबाबु पण्डितको आलोचना
काठमाडौं । पहिलो पटक मन्त्री बन्दा साधारण र स्वच्छ छवि बनाएका ब्यक्ती हुन लालबाबु पण्डित । तर, दोस्रो पटक मन्त्री बन्दा उनी आलोचित भइरहेका छन् । कहिले कर्मचारी समायोजनमा कर्मचारीलाइवर्् दिएको तुच्छ बोली त कहिले मंहगो गाडी चढेको भन्दै आलोचना भयो । आइतबार तीनै मन्त्री पण्डितलाई बिराटनगरमा अर्के भेषमा देखियो । मन्त्री पण्डित किरियापुत्री भेट्न पुगेका छन् तर उनको गलामा माला लगाइएको छ । सरोज बस्नेतले ट्वीट गरेको सोही तस्वीर यतिबेला भाइरल बनेको छ । किरियापुत्रलाई भेट्न जाँदा घाटीमा सयपत्री फूलको माला लगाएको तस्वीर सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको धेरैले आलोचना गरिरहेका छन् । यो तस्वीर विराटनगरको हो र शनिबारको भएको पाइएको छ । मोरङ ६ बाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका मन्त्री पण्डित शनिबार विराटनगर पुगेका थिए । पण्डित परोपकार अभियानको भवनमा आयोजित कार्यक्रममा सहभागी भएर मातृशोकमा रहेका नेकपा नेता महेश भट्टराईलाई सान्त्वना दिन उनकै घरमा पुगेका थिए । सयपत्री फूलको माला लगाएर विराटनगर– ३ स्थित भट्टराईको घर पुगेर केही समय बसेका पण्डितले हिँड्ने बेला सामूहिक तस्वीर खिचाएको पनि भेटिएको छ । एक साताअघि भट्टराईकी ८७ बर्षीया आमा पवित्रादेवीको निधन भएको थियो । मन्त्रीको एक छेउमा महेश र उनका दाजु छन् भने अर्को छेउमा भने नेकपा केन्द्रीय सदस्य महेश रेग्मी उभिएका छन् । मन्त्री पण्डित भने माला लगाएर उभिएका छन् । यहि तस्बीर सामाजिक सञ्जालमा आलोचित र पोष्ट भइरहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्