नेकपाका नेता हेमन्तप्रकाश ओली सहित ८ जना पक्राउ
काठमाडौं ९ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सहित ८ जना पक्राउ परेका छन्। नेकपाको मध्य कमाण्ड इञ्चार्ज समेत रहेका ओली शुक्रबार राति काभ्रेबाट उनीहरु पक्राउ परेका हुन्। शुक्रबार राति प्रहरीको विशेष ब्यूरो र अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो । अहिलेसम्म पक्राउ नेतामध्ये उच्चस्तरका नेता हुन । सरकारले नेकपालाई प्रतिबन्ध लगाएपछि पछिल्लो समय प्रहरीले नेताहरु पक्राउ गरिरहेको छ । गतसाता मात्रै काभ्रेमा प्रहरी र नेकपाका कार्यकर्ताहरुबीच गोली हानाहान समेत भएको थियो । त्यतिबेला नेकपाका चार नेता पक्राउ गरेका थिए । नेताहरु धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी र विजय श्रेष्ठ पक्राउ परेका हुन् । त्यस्तै, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्कालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । अघि प्रहरीले ओलीलाई नियन्त्रणमा लिन काभ्रेमै सर्च अपरेशन चलाएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #hot
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्