थकित जनतालाई निर्णय चाहिएको छ प्रधानमन्त्री टरिजा मे
काठमाडौं ७ चैत । ब्रेक्जिटका विषयमा ब्रिटिश प्रधानमन्त्री टरिजा मे ले एक टेलिभिजन सम्बोधनमार्फत् ब्रिटेनका जनताहरूलाई सम्बोधन गर्दै ुआफू उनीहरूको पक्षमा रहेको बताएकी छन्। नागरिकहरू यो समग्र प्रक्रियाबाट थकित भइसकेको बताउँदै उनले सांसदहरूलाई आफूले तयार गरेको सम्झौतालाई साथ दिन आग्रह समेत गरिन्। यसअघि तोकिएको समयसीमा अनुसार युरोपेली संघ इयुबाट ब्रिटेन बाहिरिन अब नौ दिन मात्र बाँकी छ। तर, प्रधानमन्त्री मेले यसअघि नै इयु नेताहरूलाई बाहिरिने समयसीमा ३० जुनसम्म लम्ब्याउन आग्रह गरेको बिबिसीले उल्लेख गरेको छ । सम्बोधनमा मे ले आफ्नो लागि त्यस्तो प्रस्ताव व्यक्तिगत रुपमा निकै दुःखको विषय रहेको बताएकी थिइन्। सबै सांसदहरूले अहिले ब्रेक्जिटबाहेक केही कुरा गरिरहेका छैनन्। जबकी हाम्रा बालबालिकाका स्कुल, राष्ट्रिय स्वास्थ्य सेवा, छुरा अपराधजस्ता वास्तविक मुद्दा हामी माझ छन्। सांसदहरूले निर्णय लिने बेला आएको बताउँदै उनले आफूले तयार पारेको सम्झौताका साथमा छाड्ने, विना सम्झौता छाड्ने वा इयु नै नछाड्नेमा स्पष्ट हुन आग्रह गरिन्। दोस्रो जनमत सङ्ग्रहमा जाने सम्भावनालाई उनले जनविश्वासमा अतुलनीय चोट पुग्ने भन्दै सचेत गराइन्। प्रस्तावमाथि प्रस्ताव र संशोधनमाथि संशोधन भइरहे पनि संसदले के चाहेको भन्ने निर्णय गर्न सकेको छैन। सबै सांसदहरूले भन्न चाहिरहेको कुरा त्यही हो जुन उनीहरूले भनिरहेका छैनन्। युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले यसअघि नै समयसीमा बढाउने प्रस्ताव मान्न सकिने बताएका थिए। जसबारे बिहीवार हुने युरोपेली देशका सरकार प्रमुखहरूको भेलामा छलफल गरिनेछ। र समयसीमा सार्न अन्य सबै २७ इयु राष्ट्रको समर्थन चाहिन्छ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ट्याग : #hot
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्