हुलास स्टील उद्योगमा आगलागी, ४० लाख बढी क्षति

बारा २ चैत । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा रहेको हुलास स्टीलमा शनिबार दिउँसो आगलागी भएको छ। दिउँसो करिब १२ बजेतिर कम्पनीको कवाडी जम्मा गर्ने गोदाममा रहेको ग्यासबाट फलाम टुक्राउने क्रममा मेसिनबाट निस्केको आगोको झिल्कोले काराखानाभित्र आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, जीतपुर–सिमरा उपमहानगरपालिका र नेपाल आयल निगमबाट गएको वारुण यन्त्रको सहयोगमा करिब ४५ मिनेटपछि नियन्त्रणमा लिइएको छ।
आगालागीबाट भएको क्षतिको बारेमा प्रहरीले विवरण संकलन गरिरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ। आगलागीबाट करिब ४० लाख बढीको क्षतिको प्रारम्भिक अनुमान गरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ताजा खबर
- १सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- २भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ३समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
- ४ओलीले सांसदहरूलाई भनेढुक्क रहनू, हाम्रा सबै नीति सही छन्
- ५अस्ट्रेलियामा आम निर्वाचनः एक करोड ८० लाख मतदाता
तपाईको कमेन्ट लेख्नुहोस्