हुलास स्टील उद्योगमा आगलागी, ४० लाख बढी क्षति
बारा २ चैत । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा रहेको हुलास स्टीलमा शनिबार दिउँसो आगलागी भएको छ। दिउँसो करिब १२ बजेतिर कम्पनीको कवाडी जम्मा गर्ने गोदाममा रहेको ग्यासबाट फलाम टुक्राउने क्रममा मेसिनबाट निस्केको आगोको झिल्कोले काराखानाभित्र आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, जीतपुर–सिमरा उपमहानगरपालिका र नेपाल आयल निगमबाट गएको वारुण यन्त्रको सहयोगमा करिब ४५ मिनेटपछि नियन्त्रणमा लिइएको छ।
आगालागीबाट भएको क्षतिको बारेमा प्रहरीले विवरण संकलन गरिरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ। आगलागीबाट करिब ४० लाख बढीको क्षतिको प्रारम्भिक अनुमान गरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्