कोलम्बियामा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

काठमाडौं २६ फागुन । कोलम्बियामा विमान दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएका छन् । कोलम्बियाको समथर राज्य मेतामा भएको विमान दुर्घटनामा १४ जनाको ज्यान गएको त्यहाँको उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । विमानमा रहेका सबैको ज्यान गएको हो । लासेर एइरेओ एयरलाइन्सको विमान दक्षिणी शहर सन जोसे डेल गुएभिएरेबाट भिल्लाभिसेन्सिओका लागि उडेको थियो । ज्यान गुमाउनेमा भाएपेसको सानो शहरका मेयर समेत रहेका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #hot
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्