तातोपानीमा नुहाउँदै देउवा पौडेल
म्याग्दी २५ फागुन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता म्याग्दीको तातोपानीमा नुहाउन पुगेका छन् । सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभामा सहभागि हुन म्याग्दी पुगेका सभापति देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल,प्रवक्ता विश्वप्रकाश शर्माले तातोपानीमा नुहाएका हुन् । हेलिकप्टरमार्फत बेनी–४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा परिचित सिङ्गा तातोपानी कुण्डमा पुगेको सभापति देउवासहितको टोलीले तातोपानी कुण्डको अवलोकन गर्दे स्नान गरेका हुन् । पछिल्लो समय शिर्ष नेताहरु तातोपानी क्षेत्रको भ्रमण गरिरहेका छन् । यसअघि नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पनि तातोपानी कुण्डमा स्नान गर्न परिवारसहित पुगेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #hot
ताजा खबर
- १यस्तो छ उम्मेदवारको मनोनयन दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्मका कार्यक्रम
- २कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने
- ३शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा
- ४गगनलाई गाली गर्दै एमाले प्रबेशपछि सुनसरी ४ मा टिकट लिएका हुसेनको उम्मेदवारी रद्द
- ५साढे तीन दशकपछि डडेलधुरामा कांग्रेस उम्मेदवार फेरिए, देउवाको ठाउँमा नैनसिंह महर



तपाईको कमेन्ट लेख्नुहोस्