काठमाडौँको बसुन्धारामा बम बिष्फोट भएको आशंका
काठमाडौको बसुन्धारास्थित सुन्दरमार्गमा बम बिस्फोट भएको आशंका गरिएको छ । नेपाल बैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष रोहन गुरुगको घरमा बिष्फोट भएको थियो । सिलिण्डर बिस्फोट भएको हो या बम नै बिस्फोट भएको हो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ । घरमा राखिएको गाडी पनि जलेरनष्ट भएको छ । एक सय मिटर वरिपरिका घरका सीसामा समेत क्षति पुगेको छ । अध्यक्ष गुरुगले साँढे ७ बजेतिर बिष्फोट भएको जानकारी दिए ।
भुइतलामा कुनै ग्यास नभएको र ग्यास बिष्फोट नभएको उनले बताए । स्थानीयले भने बम नै बिष्फोट भएको दाबी गरेका छन् । गाडीमा आगलागी भएपछि स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । 
स्थानीयले बिष्फोटबाट आएको आवाजले भुकम्प आएजस्तो अनूभुति गराएको बताएका छन् । बिष्फोटबाट निकै ठुलो खाल्डो परेको छ । आसपासका पसलमा पनि सामानमा क्षति भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्