नेपालका चौधरीको सम्पत्ति बढ्या बढै

काठमाडौं । विश्वका अर्बपतिको सूचीमा रहेका नेपालमा एक मात्रै अर्बपति विनोद चौधरीको सम्पत्ती थपिएको छ । गत वर्षको तुलनामा सम्पत्तिमा उल्लेख्य वृद्धि भएपछि चौधरीले एक वर्षमा २११ स्थान माथि उक्लिएका हुन् । विश्वका अर्बपतिहरुको सार्वजनिक गरिएको नयाँ सूचीअनुसार पछिल्लो एक वर्षमा चौधरीले ३ सय ९० मिलियन डलर सम्पत्ति बढाएका छन्। अहिले नेपालको विनीयमयदरअनुसार साढे ४४ अर्ब रुपैयाँ हो। चौधरी अर्बपतिको सूचीमा १.७ अर्ब अमेरिकी डरलसहित १३ सय ४९ औँ स्थानमा रहेका छन्। अघिल्लो वर्ष चौधरी १।३१ मिलियन डलरसहित १५६१ औँ स्थानमा थिए। यो वर्ष चौधरीको सम्पत्तिमा ३९० मिलियन डलर बढोत्तरी गरेको उल्लेख गरिएको छ। फोर्ब्स म्यागजिनले सन् २०१९ सालका दुई हजार १५३ जना अर्बपतिहरुको सूचीमा दक्षिण एसियाली राष्ट्रबाट नेपाल र भारत मात्रै रहेका छन्। जसमा भारतका १०६ जानको नाम रहेको छ नेपालका तर्फबाट चौधरीकी रहेको छ भने अन्य मुलुकको भने प्रतिनिधित्व छैन्। अर्बपतिहरुको यो संख्या अघिल्लो वर्षको भन्दा ५५ जनाले कम छ। त्यसमा समावेश भएकामध्ये ४६ प्रतिशत अर्थात ९९४ अर्बपतिहरुको सम्पत्ति अघिल्लो वर्षकोभन्दा घटेको तथ्यांकमा छ । यीमध्ये अत्यधिक धनीमा परेकाको कूल सम्पत्ति ८.७ खर्ब अमेरिकी डलर अघिल्लो वर्षको भन्दा ४ सय अर्ब अमेरिकी डलरले घटेको छ। समग्रमा अघिल्लो वर्षको भन्दा ११ प्रतिशत अर्थात २ सय ४७ मानिसहरु सूचीबाट बाहिरिएका छन् । सूचीअनुसार सबैभन्दा धनी अर्बपति जेफ बेजोजको सम्पत्ति १३१ अर्ब अमेरिकी डलर छ जुन अघिल्लो वर्षको भन्दा १९ अर्ब अमेरिकी डलरले बढी हो।माइक्रोसफ्टका मालिक बिल गेट्स ९६.५ अर्बसहित दोस्रो स्थानमा र बर्कसायर कम्पनीका मालिक वारेन बफेट ८२.५ अमेरिकी डलरसहित तेस्रो स्थानमा रहेका छन्। फेसबुकका संस्थापक मार्क जुकरबर्ग ६२.३ अर्ब अमेरिकी डलर र गुगलका संस्थापक ल्यारी पेज ५०.८ अर्ब अमेरिकी डलरसहित दसौं स्थानमा परेका छन् । यो सूचीमा १ सय ९५ नयाँ अर्बपतिहरुले पनि प्रवेश गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कूल सम्पत्ति तीन दशमलव १ अर्ब अमेरिकी डलर सम्पत्ति सहित सूचीमा रहेका छन्।
क्याटेगोरी : अर्थ, समाचार
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्