पेनाल्टीले पिएसजी स्तब्ध, म्यानचेस्टर युनाइटेडको भाग्य उदय
काठमाडौ २३ फागुन । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेनलाई स्तब्ध पार्दै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको पहिलो लेगमा पराजित भएको म्यानचेस्टर युनाइटेडले दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै अवे गोलका आधारमा क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । अन्तिम १६ को दोस्रो लेग अन्तर्गत बुधबार राति पिएसजीको मैदानमा भएको खेलमा भ्रमण टोली युनाइटेडले घरेलु टोलीलाई ३–१ ले हराएको छ ।
पहिलो लेगमा २–० ले पराजित भएको युनाइटेडले समग्रहमा ३–३ को बराबरी गर्दै अवे गोलका आधारमा अघिल्लो चरणमा स्थान पक्का गरेको हो । दोस्रो लेगमा दोस्रो मिनेटमा नै रामेलु लुकाकुले गोल गर्दै युनाइटेडलाई सुरुवाति अग्रता दिलाए । चोटका कारण नेइमार बिहीन पिएसजीका लागि १२ औँ मिनेटमा बर्नेटले गोल गरेका थिए । ३० औँ मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गरे ।तर म्यानचेस्टर युनाइटेडको उत्कृष्ट पुनरागमनको कारण बन्यो इन्जुरी समयमा पाएको पेनाल्टी र त्यसमा मार्कस राफोर्डले गरेको उत्कृष्ट गोल । युनाइटेडका डिओगो डालोतले प्रहार गरेको बल पिएसजीका प्रेसनिएल किमपेम्बेको हातमा लाग्यो । त्यसपछि भिएआरको सहायतामा युनाइटेडले पेनाल्टी पायो ।
इन्जुरी समयको चौथो मिनेट अर्थात ९४ औँ मिनेटमा रासफोर्डले पेनाल्टीमा सुन्दर गोल गरे र युनइटेडलाई दोस्रो लेगमा ३–१ जित मात्र नभई समग्रमा ३–३ को बराबरी र अवे गोलका आधारमा अघिल्लो चरणको यात्रा पनि सुनिश्चित गरे । अर्को खेलमा रोमालाई ३–१ ले हराउँदै समग्रमा ४–३ को जितसहित एफसी पोर्टो अन्तिम ८ मा पुगेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्