शिक्षकको आन्दोलनमा अश्रुग्यास प्रहार
काठमाडौं २० फागुन । निरन्तर आन्दोलन गरिरहेका राहत शिक्षकलाई प्रहरीले वानेश्वरमा अश्रु ग्यास प्रहार गरेको छ । आन्दोलनरत राहत शिक्षकलाई सुरुमा पानीको फोहोरले तितरबितर पार्न खोजेपनि निषेधित क्षेत्र तोडेर जान खोजेपछि प्रहरीले अश्रु ग्यास प्रहार गर्यो ।
अश्रुग्यास र पानीको फोहोराले केही शिक्षक घाइते भएका छन् भने एकजना बेहोस भएका थिए । सोमबार माइतीघरबाट सुरु भएको शिक्षकको जुलुस बानेश्वर पुगेको थियो। प्रहरीले रोक्ने र शिक्षकहरुले तोडेर जाने क्रममा धकेलाधकेल समेत भएको थियो । राहत शिक्षकहरुले स्वतः स्थायी गर्न माग राखेर काठमाडौंमा प्रदर्शन गर्दै आएका छन्।आफूहरुमाथि सरकारले अन्याय गरेको भन्दै उनीहरु आक्रोशित छन्। आइतबार पानीको फोहोराले शिक्षकलाई तितरबितर बनाइएको थियो । उनीहरुले आफ्नो आन्दोलनमा प्रहरी हस्तक्षेप भएको भन्दै मंगलबार देशभरका सामुदायिक बिद्यालय ठप्प पार्ने चेतावनी दिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको आह्वानमा जारी विरोध प्रदर्शनमा सहभागी राहत शिक्षकहरुले स्वतः स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन्।
क्याटेगोरी : प्रमुख समाचार, समाचार
ट्याग : #hot
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्