शिबिरका हतियार चोरी भएको प्रचण्डको खुलसा
काठमाडौ २० फागुन । नेकपा अध्यक्ष पुष्पकमल दाहालले माओवादीका सेना बसेको शिबिरबाट हतियार चोरी भएको खुलसा गरेका छन् ।
पछिल्लो समय नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका कार्यकर्ताबाट तत्कालिन माओवादीले नेपाली सेनाका ब्यारेकबाट लुटेका हतियार बरामद् हुन थालेपछि अध्यक्ष प्रचण्डले आफू नेतृत्वको तत्कालिन माओवादीले शिविर अर्थात ‘क्यान्टोनमेन्ट’ बाहिरका हतियारको जिम्मा नलिने बताएका हुन् । बुधबारमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता देवकुमार लिम्बूबाट नियन्त्रणमा लिइएको एम १६ र एलएमजी राइफल सशस्त्र युद्धका बेला प्रचण्ड नेतृत्वको माओवादीले नेपाली सेनाको ब्यारेकबाट लुटेका हतियार भएको सुचना बाहिर आएको छ । प्रचण्डले तत्कालिन अवस्थामा आफुहरुले प्रयोगमा ल्याएका हतियार क्यान्टोन्मेन्टमा राखिएको र त्यो भन्दा बाहिरको कुनै पनि हतियारको जिम्मा नलिने बताए । काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा उनले हाम्रा जति पनि हतियार थिए ती सबै ‘क्यान्टोनमेन्ट’ मै थिए। हामीले नै व्यवस्थापन गरेको हो । हतियार बुझाएको होइन । त्यसलाई हतियारको व्यवस्थापन र सेनाको संयोजन गरेको भन्न मिल्छ । तर त्यो भन्दा बाहिर कसैले लुकाएर राखेको थियो भने त्यसको जिम्मेवारी आफु नलिने बताए । तर त्यो बेला केही हतियार चोरी भएको जानकारी तत्कालिन सरकारलाई आफुहरुले गराएको दावी पनि उनले गरे। प्रचण्डले विप्लव नेतृत्वको पार्टीलाई लक्षित गर्दै पछिल्लो समय संघर्षपूर्ण तरिकाले प्राप्त नेपालको शान्ति प्रक्रियालाई विथोल्ने प्रयास समेत भएको भन्दै प्रशासनिक रुपमा समाधान खोज्ने बताए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #hot
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्