अदालतमा पाँच लाख घुस प्रकरणमा काठमाडौँका न्यायाधीश बाबुकाजी तानिए
काठमाडौं – सेवाग्राहीसँग घूस मागेको आरोपमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानिया छानबिनका लागि न्यायपरिषद्मा तानिएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणासहित बुधबार बसेको परिषद वैठकले बानियाँलाई परिषदमा हाजिर गराउने गरी झिकाएको हो। सवारी ज्यान मुद्दा सहज गराइदिने बहाना बनाएर सेवाग्राहीसँग घुस रकम लिँदैगर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ १७ गते चालिसेलाई बबवरमहलस्थित वन विभाग परिषरबाट पक्राउ गरी हिरासतमा लिएको थियो।
चालिसेले लिएको घुस प्रकरणमा न्यायाधीश बानियाँको समेत संलग्नता रहेको भन्दै उजुरी आएपछि परिषद्मा तानिएको हो। यद्धपी बानियाँमाथि छानबिन भएपछि मात्र उजुरी वास्तविक हो वा पूर्वाग्रही भनेर तथ्य खुल्ने छ। यसअघि ललितपुर जिल्ला अदालतका तत्कालिन प्रमुख न्यायाधीश विश्वमंगल आत्रेय र तनहुँका मुख्य न्यायाधीश ओमकार उपाध्यायमाथि छानविनका लागि परिषदले सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको अध्यक्षतामा तीन सदस्यीय छानविन समिति गठन गरेको छ।
यस्तै सर्लाहीका प्रमुख न्यायाधीश रहेका राजेश काफ्ले र भक्तपुरका प्रमुख न्यायाधीश मोहम्मद जुनेद आलमलाई सातदिने स्पष्टीकरण सोधिएको छ। राणा नेतृत्वको परिषदले हालसम्म उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा। कुलरत्न भुर्तेलसहित दश न्यायाधीशलाई काजमा तानिसकेको छ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ताजा खबर
- १कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने
- २ओलीलाई समवेदना दिँदै बालेनः पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन, पात्र एक, भूमिका अनेक
- ३दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो, आज पनि उद्धार उडान
- ४आजदेखि आधा सिलिन्डरमात्र ग्यास पाइने, मूल्य ९५५
- ५तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्