देश/दुनियाँप्रमुख समाचारसमाचारसम्पादकीय

भुल्नै थाले बैशाख १२ को भूकम्प

0

विस १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा गएको भूकम्पकै सम्झनामा शुक्रबार २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो । २०५५ देखि माघ २ गतेलाई भूकम्पको बारेमा जनचेतना जगाउने उद्देश्यले राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालियो । उतिबेलाको भूकम्पले पनि मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुर्यायो । त्यतिमात्रै होइन २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गयो । भूकम्पले करिब नौ हजार मानिसको ज्यान लियो । हजारौं घाइते भए लाखौ संरचना ध्वस्त भए । भुकम्प सुरक्षा दिवस बर्षेनी मनाइन्छ, बिभिन्न कार्यक्रम पनि गरिन्छ । तर, भुकम्पको क्षतिबाट बच्न अपनाइने उपाय मात्रै होइन सर्तकता समेत मानिसहरुले बिर्सीदै गएका छन् ।

२०७२ को भूकम्पले क्षति पुर्याएका सम्पदा तथा घरहरु ५ बर्ष पुग्दा पनि बनेका छैनन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्याङ हेर्ने हो भने भूकम्पबाट ७ हजार ५ सय ५३ विद्यालय क्षतिग्रस्त भए । यो पाँच बर्षमा ६ हजार ८५ अर्थात् ८१ प्रतिशत मात्रै विद्यालय बनेका छन् । १ हजार ४ सय ६८ अर्थात् १९ प्रतिशत विद्यालय पुनर्निर्माणको क्रममा छन् । ९ सय २० ऐतिहासिक, सांस्कृतिक सम्पदा क्षतिग्रस्तमध्ये ४ सय ६५ वटा सम्पदाको पुनर्निर्माण भएको छ । पुनर्निनिर्माणका लागि ७ लाख ९६ हजार २ सय ४५ लाभग्राहीहरूसँग अनुदान सम्झौता भएको थियो । जसमध्ये ५ लाख ५६ हजार ४ सय ८७ अर्थात् ७० प्रतिशत लाभग्राहीहरुले घर पुनर्निर्माण गरेका छन् भने, १ लाख ६८ हजार ८३ अर्थात् २१ प्रतिशत लाभग्राहीहरु घर पुनर्निर्माणको अन्तिम चरणमा छन् । उनीहरु अहिले पनि यो चिसोमा त्रिपाल तथा जस्ता पाताले घेरिएका घरमा दुख भोगिरहेका छन् ।

भूकम्पकै कारण १ हजार १ सय ९७ वटा स्वास्थ्य संस्था क्षतिग्रस्त मध्ये ६ सय ९८ वटा बनेका छन् । स्वास्थ्य संस्था नै नबन्दा उपचार कहाँ कसरी भइरहेको होला कसैको ध्यान पुगेकै छैन् । यस्तो लाग्छ यतिबेला मानिसहरुका गतिबिधि, दैनिकी र बसोवासको अवस्थाले २०७२ कै भुकम्प सबैले भुल्दै गएका छन् । शहर बजारमा बनिरहेका संरचना हेरौं । भिरपाखामा निर्माण भइरहेका घर हेरौं । न त भू–वनावटको चिन्ता छ न त मापदण्ड नै पूरा गर्न यहाँ परेको छ । ७२ को भूकम्पले क्षति पुर्याएका सर्वसाधारणका घर भत्काइए । तर,अह् ठूला महल र कम्पेक्स रंग रोगन गरेर चिटिक्क बनाउने को ? ती संरचनाले कुनै पनि बेला कसैको ज्यान नलेला भन्न सकिन्छ र ? अग्ला अग्ला पर्खाल भत्काउने योजना खोई ? बाक्लो बस्तीमा खुल्ला ठाउँ राख्नुपर्ने मापदण्ड खोई ? यहाँ त सार्वजनिक जग्गा समेत हडपेर घर बनिसके । घनाबस्तीमा अझै घरहरु संरचनाहरु टेकोको भरमा उभिएका छन् ।

यो पाँच बर्षमा पुर्ननिर्माणको कामले गति नलिनुका कारण धेरै होलान्, प्राधिकरणमा भर्ती भएकाहरुले कथा नै सुनाउलान् । तर, राजनीतिक संक्रमणकालका निहुँमा सधैं उही शैली उही भाषण जनताले कति सुन्ने ? फेरि सुरु भएको कुर्सीको चलखेल र रडाकोले बाँकी रहेका संरचना बन्न दिने कुनै छाटकाट नै छैन् । त्यो कहिल्यै नबिर्साउने पिडा, समस्या र दुखमा मलम लगाउन त ५ बर्षमा कछुवा गतिमा हुने विकासले देश कसरी समृद्ध बन्छ, कसरी मुहार फेरिन्छ ? नेताका घर बने, छोराछोरी उच्चशिक्षा हासिल गर्न बिदेश उड्ने तर, जनताका घर बनाउन पनि अनेक बाहना खोज्दै दुख दिने ?

संसद विघटनविरुद्धका रिटमाथि सुनुवाइ आजपनि

Previous article

किन भेटे न्यायाधिशहरुले प्रधानमन्त्रीलाई ? इजलासमै उठ्यो प्रश्न

Next article

You may also like