काठमाडौं । नेपाल टेलिकमको पोस्टपेड फोनको बिलिङमा समस्या देखिएपछि ग्राहक समस्यामा परेका छन् । जसका कारण मंगलबार रातिदेखि हजारौं पोस्टपेड फोनहरुमा ‘आउट गोइङ कल’ ब्यारियर (वान वे) भएका छन् ।
करिब १२ घण्टाभन्दा बढी समय फोनमा समस्या आएपछि टेलिकमका धेरै पोस्टपेड प्रयोगकर्ता पीडित भएको गुनासो गरेका छन् । हरेक महिनाको १५ तारिकमा पोस्टपेडको बिलिङ हुँदा समस्या आएको टेलिकमले जनाएको छ । त्यही क्रममा प्रणालीका आएको समस्याका कारण ब्यालेन्स भएपनि कतिपय फोन ‘वान वे’ भएका छन् ।