Techie IT
  • १८ असार २०८२, बुधबार
KhojPatrika

भारतमा अहिलेसम्मकै धेरै संक्रमण, बढी प्रभावित स्थानमा भदौ १५ सम्म लकडाउन


काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । बुधबारको तुलनामा संक्रमित संख्या झण्डै ३ हजार बढेको भारतमा बिहीबार ५२ हजार २ सय ४९ जना संक्रमित भएका छन् । भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै उच्च हो । योसँगै भारतमा १५ लाख ८४ हजार ३ सय ८४ संक्रमित संख्या पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो । संक्रमितमध्ये अहिलेसम्म १० लाख २१ हजार ६ सय ११ संक्रमणमुक्त भएका छन् भने ५ लाख २७ हजार ७ सय ७० जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७७९ जनाको मृत्यु भएपछि बिहीबार बिहानसम्म ज्यान गुमाउनेको ३५ हजार ३ पुगेको छ ।
धेरै प्रभावित क्षेत्रमा लकडाउन भदौ १५ सम्म
चरणवद्ध रुपमा लकडाउन खुकुलो पार्दै लगेको भारत सरकारले अब सङ्क्रमित धेरै भएका क्षेत्रमा ३१ अगष्ट अर्थात भदौ १५ गतेसम्म नै लकडाउन लम्ब्याउने तर सङ्क्रमित कम भएका ठाउँमा खुकुलो पार्दै लैजाने निर्णय गरेको हो । अब रात्रीकालीन कर्फ्यु हटाउने निर्णय भएको छ । यस्तै जीम र योग संस्था खोल्ने निर्णय भएको छ । तर, अझै पनि ठूलो संख्यामा जमघट गर्न प्रतिबन्ध गरिएको छ ।

शिक्षण संस्था, सिनेमा हल, स्वीमिङ पुल, मनोरञ्जन पार्क, बार लगायत जमघट हुने ठाउँ अगष्ट ३१ तारिखसम्मै बन्द हुनेछन् । त्यहाँको गृह मन्त्रालयले अन्तर्राष्ट्रिय हवाई यात्रा सीमित गर्ने निर्णय पनि गरेको छ । राजनीतिक, सामाजिक, खेलकुद, मनोरञ्जन, सांस्कृतिक र धार्मिक समारोह भने अगष्ट ३१ सम्म गर्न पाइने छैन । भारतमा दैनिकजसो ५० हजारको संख्यामा नयाँ सङ्क्रमित भेटिन थालेका छन् भने ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार, स्वास्थ्य
ट्याग : #india corona, #भारतमा कोरोना

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं