विश्वमा कोरोना संक्रमितको संख्या ७६ लाख नजिक

काठमाडौं । बिश्वमा कोरोना भाइरस सक्रमितको संख्या ७६ लाख नजिक पुगेको छ । पछिल्लो बिवरण अनुसार बिश्वमा कोरोना भाइरस संक्रमितको संख्या ७५ लाख ९७ हजार ६ सय ५५ पुगेको छ । कोरोनाकै कारण ४ लाख २३ हजार ८ सय ४४ जनाले ज्यान गुमाएका छन् । ३८ लाख ४१ हजार ५ सय ४५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोनाले सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । अमेरिकामा २० लाख ९० हजार संक्रमित पुग्दा १ लाख १६ हजारको ज्यान गएको छ ।
त्यस्तै, ब्राजिलमा ८ लाख ५ हजारबढी संक्रमित हुँदा ४१ हजार ५८ जनाले ज्यान गुमाएका छन् । भारतमा पनि कोरोना संक्रमण तीब्र गतिमा फैलिएको छ । भारतमा २ लाख ९८ हजारभन्दा बढी संक्रमित हुँदा ८ हजार ५ सय १ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, बेलायतमा २ लाख ९१ हजारबढी संक्रमित हुँदा ४१ हजार २ सयभन्दा बढीले ज्यान गुमाएका छन् । बिश्वमा कोरोना फैलिने क्रम अझै तिब्र बनिरहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #कोरोना भाइरस सक्रमित
ताजा खबर
- १कसरी भयो प्रधानन्यायाधीस नै अल्पमतमा पर्ने फैसला,४९ पदाधिकारीलाई लाभ
- २सुदूरपश्चिममा मन्त्री सहभागी कार्यक्रम बहिष्कार गर्ने किन गरियो घोषणा
- ३संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
- ४माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- ५नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
तपाईको कमेन्ट लेख्नुहोस्