नेपालमा आयो चिनियाँ सेनाको बिमान, ल्यायो स्वास्थ्य सामग्री

काठमाडौं ३१ बैशाख । नेपालमा मेडिकल सामाग्री र कोरोना जाँच किट अभावको गुनासो बढेपछि चिनियाँ जनमुक्ति सेनाले आफ्नै एयर फोर्समा नेपाली सेनाका लागि स्वास्थ्य सामाग्री ल्याइदिएको छ । बुधबार विहान चीनको चेङ्दुबाट सहयोगबापतको मेडिकल सामग्री बोकेर चिनियाँ जनमुक्ति सेनाको एयर फोर्स विमान नेपाल आइपुगेको हो ।
चिनबाट मेडिकल समाग्री लिएर आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहान ९ बजे अवतरण भएको थियो । नेपाली सेनाका लागि मास्क, गगल्स, पीपीई, बुट, बुट कभर, ग्लोब, थर्मोमिटर लगायतका मेडिकल सामाग्री ल्याइएको भएपनि कति परिणामको सामग्री छ भन्ने खुलाइएको छैन । यी स्वास्थ्य सामग्री कोभिड–१९ विरुद्ध लड्न सेनाले प्रयोग गर्नेछ । यसअघि चीन सरकारले नेपाल सरकारलाई समेत विभिन्न मेडिकल सामाग्री सहयोग स्वरुप पठाएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार, स्वास्थ्य
ट्याग : #चिनियाँ सेनाको बिमान
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्