सरकारले आन्तरिक ऋण २६ अर्ब ९७ करोड तिर्यो

काठमाडौं १४ बैशाख । सरकारले बैशाख ८ गतेसम्मको २६ अर्ब ९७ करोड रुपैयाँ आन्तरिक ऋण तिरेको छ । २४ अर्ब ५७ करोड ४८ लाख बराबरको ट्रेजरी बिल र २ अर्ब ४० करोड बराबरको आन्तरिक ऋण पत्र तिरेको हो । सरकारको ५ खर्ब १५ अर्ब ९९ करोड ७१ लाख आन्तरिक ऋण छ । जसमा १ खर्ब ४७ अर्ब २१ करोड ८१ लख बराबरको ट्रेजरी बिल , ३ खर्ब ५९ अर्ब ९४ करोड ७० लाख बराबरको विकास ऋणपत्र, ८ अर्ब ३७ करोड ६२ लाख बराबरको नागरिक बचतपत्र तथा ४५ करोड ५८ लाख बराबरको वैदेशिक रोजगार बचतपत्र रहेका छन् । आर्थिक वर्ष २०७६ र ७७ मा नेपाल सरकारले १ खर्ब ९५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा २०७७ बैशाख ८ गतेसम्म २५ अर्ब बराबरको ट्रेजरी बिल, ६५ अर्ब बराबरको विकास ऋणपत्र र ४२ लाख २० हजार बराबरको वैदेशिक रोजगार बचतपत्र गरी कुल ९० अर्ब ४२ लाख २० हजार रुपैयाँ बराबरको आन्तरिक ऋण परिचालन गरेको राष्ट्र बैंकले जनाएको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ट्याग : #सरकारले आन्तरिक ऋण
ताजा खबर
- १संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
- २माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- ३नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ४स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ५कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
तपाईको कमेन्ट लेख्नुहोस्